रोल्पामा गाईगोठ भत्किँदा दाजुभाईको मृत्यु

समाचार

death

रोल्पा । रोल्पामा पहिरोले गाईगोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ । जिल्लाको लुग्री गाउँपालिका( १ आपे भन्ने स्थानमा पहिरोले गाईगोठ भत्किँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाका प्रहरी प्रवक्ता तथा इन्सपेक्टर शंकर खड्काले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले गाईगोठ भत्केको स्थानबाट दुई बालकको शव निकालेको जानकारी दिए ।

स्थानीय ज्ञानसिंह घर्तीको गोठ माथिबाट आएको पहिरोले पुरिँदा गोठमा सुतिरहेका उनका ११ वर्षीय छोरा युवराज र ८ वर्षीय अर्का छोरा अमर घर्तीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए ।

बालकहरूसँग गोठकै सुतेका अन्य दुईजनाको भने सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।पहिरोमा परी घाइते भएकी घर्तीकी श्रीमती र आको रोल्पास्थित सुलिचौरमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार