नेपालमा कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु

समाचार

death

काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २, बारा र कास्कीमा १।१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराकी ५५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उच्च ज्वरो, कडा निमोनिया र श्वासप्रस्वास रोगबाट ग्रसित उनलाई भदौ २९ कोरोना पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डा.उदयनारायण सिंहले जनाकारी दिए ।

उता गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका २ र पोखरामा १ जनाको मृत्यु भएको हो ।

क्यान्सर रोगबाट पीडित पोखराका ७० वर्षीय १ पुरुषको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार