आज थपिए १ हजार ४५९ संक्रमित, डिस्चार्ज हुने ४० हजार नाघे

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५६ हजार नाघेको छ । आजसम्म ५६ हजार ७ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार ७ सय ७९ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार १ सय ३९ जना छन् भने ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ६२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार