कोरोनाबाट थप ११ को मृत्यु ,मृतकको संख्या ३७१ पुग्यो

ब्यानर

death rDVMhSh4i4

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र सात पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौं चार संक्रमितको निधन भएको छ । काठमाडौंमा एक महिलासहित तीन पुरुषको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ ।

सिरहा, बारा र कपिलवस्तुका एकएक महिलाको कोरोना संक्रमणबाट निधन भएको पुष्टि भएको छ । त्यस्तै, सल्लाही र कपिलवस्तुका एकरएक पुरुषको पनि संक्रमणबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको छ ।

आज देशभर १७४ जना आइसीयूमा र २८ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ । मोरङ, सुनसरी, काठमाडौं, चितवन र मकवानपुर रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा र हुम्ला भने संक्रमण शून्यमा झरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार