सिन्धुपाल्चोकका सीडीओ ढकाल भन्छन्, पहिरोको जोखिम बढ्यो

ब्यानर

cdo sindhupalchok

काठमाडौं ।भुकम्पको धक्कासँगै सिन्धुपाल्चोकमा पहिरोको जोखिम बढेको छ । निरन्तर पहिरोको जोखिममा रहेको सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएसँगै पहिरोकोजोखिम अझ बढेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन् । गयो । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।

बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले भने, ‘पहिरोको जोखिम बढ्यो, आर्मी र एपीएफलाई अलर्ट बस्न भनेको छु ।’

प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइनसकेको बताए । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए ।

आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै उनले हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार