सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेका खाद्य सामाग्री बरामद

समाचार

119489190 257447415397086 4400567071257967746 n

काठमाडौं । चावहिल चोक नजिकैको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेर बिक्री गर्न नमिल्ने अवस्थाका खाद्यसामाग्री बरामद र नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आज वडा सदस्य कृष्णमणि भट्टराईको रोहवरमा सामान बरामद र नष्ट गरेको हो ।

नष्ट गरिएका खाद्य बस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्राण्डका परिकार, क्याटवरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका वटर, वनवनजस्ता प्याकेजिङ् गरिएका खाद्य बस्तु छन् । पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स,, बकुल्लालगायत करीब १ लाख मूल्य बराबरका सामान बरामद गरेर नष्ट गरिएको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । उनकाअनुसार सुजी, जुस, चकलेट, सस चिल्ली, कर्नफ्लेक्स, बिस्कुट, चोकोजजस्ता खाद्य बस्तुसँगै सरफ, भाँडा माझ्ने पाउडर पनि बरामद गरिएको थियो । बरामद भएका सामान ट्रान्सफर स्टेशन पु¥याएर फोहोरमा मिसाइएको छ ।

गएको आइतबार बिहान यस पसलमा पहिलो पटक अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य सामान भण्डारण हुने ठाउँमा म्याद गुज्रेका खाद्य सामान भेट्टाएपछि सामान बिक्रीमा रोक लगाइएको थियो । आज फेरि त्यही ठाउँमा पुगेर भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान छुट््याएर उपभोग गर्न नमिल्ने सामान नष्ट गराएको हो । लकडाउनले सामान छुट््याउन सकिएको थिएन । अनुगमन समिति आएपछि छुट््याउन बाध्य भइयो । पसलका सञ्चालक सहयोगी सञ्जीवकुमार झाका अनुसार अनुगमन टोलीले दिएका निर्देशनको पालना गरेर व्यापार गर्छौं । यस अघि पसलको माथि मजिन स्टोर र सावरिया होलसेल मार्ट लेखिएका दुईवटा वोर्ड राखिएको थियो । आज ती बोर्डमध्ये मजिन स्टोर हटाएर सावरिया होलसेल मार्ट लेखिएको बोर्ड मात्र झुण्ड््याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार