आज देशभरका अदालत नखुल्ने

समाचार

adalat

काठमाडौं । आज (बिहीबार) देशभरका अदालत बन्द रहने भएका छन् । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णयसँगै अदालत नखुल्ने भएका हुन ।

पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार ओम अस्पताल काठमाडौंमा निधन भएको हो। १९७६ सालमा सप्तरीमा जन्मेका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले ३ वर्षसम्म प्रधानन्याधीशको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार