पेट्रोलमा मिसावट गर्ने २ ट्याङ्कर चालक पक्राउ

समाचार

pakrau

बारा । पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ ट्याङ्कर चालक पक्राउ परेका छन् । प्रहरीले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २१ का २६ वर्षीय राजेश विश्वकर्मा र मकवानपुर हेटौंडा उपमहानगरपालिका वडानम्बर ११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्कालाई पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा विश्वकर्मा ना ७ ख ३९२३ नम्बरको ट्याङ्कर र खड्का ना ७ ख ४०९३ नम्बरको ट्याङ्करका चालक रहेको प्रहरीले जनाएको छ ।

अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका ट्याङ्करमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरुले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरेको पाइएको हो ।

प्रहरीका अनुसार २ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा ट्याङ्कर खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

दुवैजनालाई कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार