ब्यानर
काठमाडौं । सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन काठमाडौं उपत्यकामा ४ हजार ७५ जना यात्रु भित्रिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट पहिलो दिन विहीवार पाँच हजार ३ सय ३३ जना यात्रु भने काठमाडौबाट बाहिरिएका छन् ।
करिब छ महिनापछि विहीवारदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हो । गत चैत ६ गतेयता लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन् ।