शुक्रबार काठमाडौं उपत्यकामा थपिए ८ सय ५९ कोरोना संक्रमित

ब्यानर

kathmandu gdf

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जना छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबारमात्रै ८ सय ७१ जना निको भई घर फर्किसकेका छन् भने थप ७ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार