सिट क्षमता अनुसार नै यात्रु राखेर जहाज सञ्चालन गर्न अनुमति

ब्यानर

Nepal airline NAC plane 2 e1555895943480

काठमाडौं । एयरलाइन्सले पूर्ण क्षमतामा यात्रु राखेर उड्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो । यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो ।

वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए । सोही कारण असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो । अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छैन ।

सो परिपत्रमा असोज १५ गतेसम्मको लागि वायुसेवा सञ्चालकहरुलाई लकडाउनअघि ओगटेको बजारहिस्सा अनुसार २५ प्रतिशत उडान हुनेगरी तालिका स्वीकृत गर्न भनेको छ । त्यस्तै, आन्तरिक हवाई यात्राका लागि बोर्डिङ पास लिनुअघि यात्रुहरुले हेल्थ डिक्लियरेसन फर्म भरेर सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनुपर्ने र सोही बमोजिम प्राधिकरणले सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार