नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु

ब्यानर

Nekapa standing commmittee

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमासुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार