कविर अभिनित ‘जय जगत’ सार्वजनिक

कला/ साहित्य

काठमाडौं । अभिनेता कविर खड्का अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जय जगत’ बोलको गीतमा राष्ट्रप्रेमलाई देखाइएको छ ।

सर्वजनिक गीतमा जयन जे वाइवाको स्वर सुन्न सकिन्छ । गीतको शब्द तथा संगीत पनि गायक वाइवाले नै तयार गरेका हुन् ।

भिडियोमा कविर राष्ट्रप्रेमी एक युवाको भूमिकामा देखिएका छन् । भिडियोमा कविर युवा पुस्तालाई ऊर्जावान बन्न आग्रह गरिरहेका छन् । नेपालको विभिन्न सम्पदाहरूको भिडियोको छायांकन गरिएको छ ।

शरद महतोको निर्देशन रहेको भिडियोमा प्रवेश पौडेल कार्यकारी निर्माता रहेका छन् । भिडियोलाई निर्देशक महतो आफैँले खिचेका हुन् भने ड्रोन अनिल कटुवालले चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार