दर्शनका लागि पशुपतिनाथ खुला गर्ने तयारी

समाचार

pashupati

काठमाडौं । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो ।

दर्शनार्थीले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुईरदुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोका खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले बताए ।

मन्दिरभित्र प्रवेश गरेपछि पूरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए । कार्यकारी निर्देशक डा। खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताए ।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरू पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिनअघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार