१ हजार १५४ जनामा कोरोना पुष्टि, संक्रमित ६५ हजार नाघे

ब्यानर

jageshwar jgaum

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६५ हजार नाघेको छ । आजसम्म ६५ हजार २ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १७ हजार ६ सय ११ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना छन् भने ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४७ हजार २ सय ४८ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार