उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

Uncategorized

corona kathmandu e1596801616948

काठमाडौं । काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ७४ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ३८ जना संक्रमित थपिएका छन् । ललितपुर ६२ र भक्तपुरमा ७४ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा.गौतमले जानकारी दिए ।

आज देशभर ९ हजार ५ सय ३३ जनाको परीक्षण गर्दा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार ५ जना डिस्चार्ज भएका छन् ।

आजसम्म ९ लाख २३ हजार ५ सय ३३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६५ हजार २ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४७ हजार २ सय ४८ संक्रमित निको भएका छन् भने १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार