डा. केसीले टिचिङ अस्पतालबाटै सत्याग्रह जारी राख्ने

समाचार

gobinda kc

काठमाडौं । चिकित्सा सुधारलगायतका माग राख्दै सत्याग्रह सुरु गरेका डा। गोविन्द केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बसेर आफ्नो सत्याग्रह जारी राख्ने भएका छन् ।

जुम्लामा पुगेर सत्याग्रह सुरु गरेका डा. केसी तोडफोड र हिंसा हुन सक्ने भन्दै काठमाडौं आएरै अनशन जारी राख्न लागेका हुन् ।

हिजो नेपालगन्ज अइपुगेका डा। केसी ११ः२५ को बुद्ध एयरको उडानबाट काठमाडौं आइपुग्दै छन् ।१९औँ पटक अनशन बसेका डा. केसीको आज नवौँ दिन हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार