डा केसीलाई प्रहरीले ट्रमा सेन्टर लग्यो

समाचार

KC

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् । डा. केसी जुम्लाबाट नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् ।
डा. केसीलाई उनका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको छ ।

डा केसीलाई विमानस्थलबाटै जवरजस्ती रुपमा ट्रमा सेन्टरमा लगिएको डा केसीका सहयोगीले  बताए ।डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको  हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार