डा. केसी भने शिक्षण अस्पताल नलगेसम्म परीक्षण र उपचार गर्न दिन्‍न

समाचार

काठमाडौँ । प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएका अनशनरत डा.गोविन्द केसीले कुनै प्रकारको परीक्षण तथा उपचारका स्वीकार नगर्ने अडान लिएका छन् । ट्रमाका निर्देशक डा‍. सन्तोष पौडेलका अनुसार डा। केसीको स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालबाट चिकित्सकहरुलाई बोलाइएको छ ।

डा. गोविन्द केसीले विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई प्रहरीहरुले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको बताएका छन् । उनका समर्थक प्रितम सुवेदीबाट प्राप्त भिडियोमा उनले सरकारकै निर्देशनमा आफूलाई प्रहरीहरुले अपहरण गरेर ट्रमा सेन्टरमा ल्याएको प्रतिक्रिया दिएका हुन् ।

डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका छन् । मलाई शिक्षण अस्पताल नलगेसम्म म रगत, पिसाब केहीको पनि जाँच गर्न दिन्‍न । रक्तचाप र ज्वरो समेत पनि नाप्‍न दिन्‍न उनले भने ।

डा पौडेलका अनुसार डा.गोविन्द केसीलाई ट्रमामा पुर्‍याउनु अघि प्रहरीले अस्पताललाई केही जानकारी दिएको थिएन । ुप्रहरीले ल्याएपछि हामीले हेर्नै पर्‍यो । तर उहाँले परीक्षण तथा उपचार गर्न मान्नुभएको छैन । हामीकहाँ इन्टरनल मेडिसिनका विज्ञहरु हुनुहुन्न । त्यसैले वीर अस्पतालबाट बोलाएका छौं,उनले भने,‘उहाँहरुले आएर हेरेपछि केही भन्न सकिएला ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार