उपत्यकामा ६३७ जनामा संक्रमण पुष्टि, संक्रमित १८ हजार ५ सय नाघे

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ४ सय ९२ जना संक्रमित थपिएका छन् । ललितपुर ५० र भक्तपुरमा ९५ जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमित १८ हजार ५ सय ८७ पुगेका छन् ।

आज देशभर ९ हजार ४ सय ९७ जनाको परीक्षण गर्दा १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ सय ८ सय ९३ जना डिस्चार्ज भएका छन् ।

आजसम्म ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६७ हजार ८ सय ४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४९ हजार ९ सय ५४ संक्रमित निको भएका छन् भने १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४ सय ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार