मन्दिरभित्र भेटियो मृतक शरिर,बलात्कारपछि हत्याको आशंका

समाचार

hatya

काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा एक १२ वर्षीया बालिकाको हत्या भएको छ । बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको हत्या भएको अवस्थामा शव फेला परेको बझाङ प्रहरी प्रमुख रुपक खड्काले बताए ।

उनका अनुसार बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको छ । उनको कानमा लगाइएका मुन्द्री पनि छैनन् । हत्याको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति पौने १० बजे बालिकालाई खोज्दै जाँदा मन्दिरभित्र भेटिएका मष्टाका स्थानीय विनोद कठायतले बताए  ।थप अनुसन्धानका लागि बुधबार राति नै प्रहरी उपरीक्षक रुपक खड्कासहितको टोली घटनास्थल गएको छ । शवलाई पोष्ट मार्टमका लागि सिमखेत ल्याइदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार