पहिरोले प्रदेश ५ का विभिन्न स्थानमा सडक अवरुद्ध

समाचार

pahiro sadak abarudda

काठमाडौं । लगातारको वर्षापछि प्रदेश ५ का विभिन्न जिल्लामा सडक अवरुद्ध बनेको छ । प्रदेश ५ टाफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा तानसेन नगलपालिका ८ दुम्रे, सिद्धबाबा मन्दिर नजिक पहिरो जाँदा बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै रिब्दिकोट गाउपालिका ४ भैरवस्थानस्थित बुटवल पाल्पा सडक खण्डमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । टाबग्नास गाउँपालिका–५ ठाटी, रम्भा गाउपालिका ३ जामुनेस्थित पाल्पा पोखरा सडक खण्ड, माथागाडी गाउँपालिका–१ कारिकोट रामपुर पाल्पा सडक खण्डमा पनि पहिरो गएको टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसैगरी गुल्मी रेसुङ्गा नगरपालिका ८ अर्खलेस्थित तम्घास सिमलटारी सडक खण्डमा र सत्यवती गाउपालिका–४ लहरेखोलास्थित रिडी बुर्तिबाङ सडक खण्डमा पनि पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।

दाङ तुल्सीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित तुल्सीपुर नेपालगञ्ज सडक खण्डमा सडक भासिएको प्रदेश ५ टाफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीप्रसाद पाण्डेले बताए ।

प्युठान सरुमारुनी गाउपालिका अधेरी खोलास्थित प्युठान भालुबाङ सडक खण्डमा पहिरो गएको छ भने अर्घखाँची सन्धिखर्क नगरपालिका–६ दह खोलास्थित गोरुसिंगे सन्धिखर्क सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार