ललितपुर मा पहिरो जाँदा ५ घाइते

Uncategorized

Pahiro 2

ललितपुर । ललितपुरस्थित बागमति गाउँपालिकाको भट्टेडाँडामा पहिरो जाँदा ५ जना घाइते भएका छन् । पहिरोमा २ टिप्पर र एक मोटरसाइकल पनि पुरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

घाइतेको उद्धारपछि स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । बाटोमा पहिरो गएर सडकमार्ग अवरुद्ध रहेकाले हेलिकप्टरबाट घाइतेको उद्धार गर्ने तयारी गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार