काठमाडौं । शुक्रबार उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना पुष्टि भएको हो ।
देशभर आज एक हजार ४ सय ९७ जनामा कोराना पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय ९७ जनामा कोरोना पोजिटिभ देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार आज थप चार सय ५७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसहित देशभर कोरोनामुक्त हुनेको संख्या ४० हजार ४ सय ११ पुगेको छ ।
त्यस्तै, सक्रिय संक्रमितको संख्या १८ हजार चार सय ३७ पुगेको छ । अहिले क्वारेन्टाइनमा ६ हजार पाँच सय ३७ जना रहेका छन् । आज देशभर १७ संक्रमितको मृत्यु भएको मनत्रालयले जनाएको छ ।