थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

ब्यानर

death

काठमाडौँ . वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए । १ हजार ८९३ जनाले कोरोना जितेका थिए ।

बुधबारसम्म नेपालमा संक्रमित संख्या ६७ हजार ८०४ पुगेको थियो भने मृतकको संख्या ४३६ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार