कोठा खोज्न आएका युवकले घरधनीको सिक्री लुटेपछि…

समाचार

choor

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार साँझ कोठा खोज्न आएका २ युवकले घरधनीको सुनको सिक्री लुटेर भागेका छन्। घरमा कोही नभएका वेला फ्ल्याट हेर्ने भन्दै आएका युवाले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिकै घर भएकी पवित्रा बिडारी उप्रेतीको सिक्री लुटेर भागेका हुन् ।

भुइँतलाका दुई कोठा मासिक १० हजार तिर्नेगरी लिने कुरा मिलिसकेपछि उनीहरूले घरमा को को हुनुहुन्छ भनेर सोधेका थिए। त्यसपछि घरधनी उप्रेतीले दोस्रो तला भाडामा दिएको र तेस्रो तलामा छोरो बस्ने जानकारी गराएपछि उनीहरूले एक्कासि सुन, पैसा मागेको र सबै नदिए राम्रो नहुने चेतावनी पनि दिएका थिए।

अनि आफूले डराएर लगाइराखेको १ तोलाको सिक्री दिएको पीडित महिलाले बताएकी छन्। सिक्री पाएपछि ती युवक स्कुटरमा भागेको पाइएको प्ररहीले जनाएको छ। महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घरनजिकै रहेको सीसी टीभी फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ । फुटेजमा उनीहरु स्कुटरमा चढेर भागेको देखिएको छ । हतारमा उनीहरूले चप्पल पनि छाडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार