धुम्बाराहीका अधिकांश तरकारी पसल बिना दर्ता सञ्चालित, अनुगमन टोली पुग्नासाथ व्यापारीको भागाभाग

समाचार

pasal

काठमाडौं । धुम्बाराहीस्थित सिके लोक्चन फ्लोरिकल्चर तरकारी बजारमा अधिकांश पसल दर्ता नभइ सञ्चालनमा आएको पाइएको छ ।

काठमाडौं महानगरपालिकाको कृषि विभाग, वाणिज्य विभाग र उपभोक्ताकर्मीको संयुक्त समन्वयनमा भएको अनुगमनमा उक्त तरकारी बजारमा टमाटर लगायतका तरकारीहरुको मूल्य बढी लिएको पाइएको छ ।

प्याजको मूल्यमा व्यापारी अझै पनि कति हो भनेर आफूखुसी तोक्ने गरेका हुन् । कुनै स्टलमा पनि मूल्यसूची नराखी र बिना बिलबिजक कारोबार गरेको पाइएको अनुगमनमा खटिएका एक सदस्यले बताए । केही पसलले एक वर्षदेखि कारोबार गरे पनि दर्ता नगरेको पाइएको हो ।

त्यस्तै, मैदामा कीरा परेको र चना बिग्रिएको अवस्थामा पाएपछि ती सामान जफत गरिएको छ । अनुगमन टोली पुग्नासाथ व्यापारीहरु भागेका छन् । त्यहाँ ९ वटा स्टलका ७ जना व्यापारीहरु भागे र सम्पर्कमा पनि नआएको ती सदस्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार