काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित,२ जनाको मृत्यु

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार