काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल भएको छ । ‘डा.केसी बोल्न नसक्ने अवस्थामा पुग्नुभएको छ,’ सोलिडारिटी फर डा. केसी अलायन्सका प्रतिनिधि प्रितम सुवेदीले भने, ‘अहिलेसम्म सरकारले वार्ताका लागि खबर गरेको छैन ।
सरकार वार्ताका लागि उदासीन भएको उनले बताए । ‘वार्ताका लागि सरकार उदासीन देखिएको छ,’ उनले भने, ‘डा. केसीका माग र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण जनदबाब गर्छौं ।’
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १९औं पटक अनशन बसेको १२ दिन भएको छ ।