यस्तो छ शनिबारको मौसम पूर्वानुमान,यी स्थानमा वर्षको सम्भाबना

ब्यानर

mausam

काठमाडौं । महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ।

महाशाखाले हाल कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न. १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुर्इ स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश नं १ र प्रदेश नं २ को एक, दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार