फुजेलका मृगौला पिडित परियारलाई अमेरिका बस्ने गोर्खालीको आर्थिक सहयोग

समाचार

ggggggg

काठमाडौं । गोरखाको गन्डकी गाँऊपालिका फुजेलका मृगौला पिडित गणेश परियारलाई अमेरिकामा बस्ने गोर्खालीहरुले उपचारका लागि आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् । परियार विगत लामो समय देखि दुवै मृगौलाले काम गर्न छाडेपछि डाइलासिस गराइरहेका छन् ।

उनको एक मृगौला फेर्नका लागि ठुलो रकम आवस्य पर्ने भएपछि देश तथा विदेशबाट आर्थिक सहयोग जुटाउने अभियान सुरु गरिएको थियो । उक्त अभियानमा साथ दिदै संयुक्तराज्य अमेरिकमा विभिन्न पेशा तथा व्यवसाय तथा समाजिक अभियान्ताहरुको पहलमा ३ लाख ४६ रुपैयाँ नेपाली रकम सहयोग जुटाएर हस्तान्तरण गरिएको हो ।

अमेरिकामा सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएका गोरखा नाम्जुङका कृष्ण लामिछाने र गोरखा फुजेलका सन्जिव पन्तको अग्रसरतामा उक्त सहयोग रकम जुटाइएको हो । लामिछाने र पन्तको पहलमा ३८ जना नेपालीले सहयोग रकम उपलव्ध गराएका थिए । अमेरिकाबाट संकलन गरेर पठाइएको उक्त रकम स्वास्थ्यकर्मी कपिल पन्तले हस्तान्तरण गरेका हुन् ।

गोर्खा जिल्ला गण्डकी गाउँपालिका ३ (साविकको फुजेल ८) निवासी बाबुराम परियारका छोरागणेश परियार बिगत ५ बर्ष अगाडी देखि मृगौला सम्बन्धी समस्या भएर औषधी उपचार गर्दै आएका छन् ।उनको दुवै एउटा मृगौला फेर्नका लागि पहल स्वरुप सहयोग रकम जुटाइएको हो ।
कोभिड १९ को महामारी अमेरिकामा झनै खेप्न बाध्य नेपालीहरुले दुखमा पनि सहयोग गरेको भन्दै विरामी गणेश परियारले धन्यवाद दिएका छन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार