शनिबार उपत्यकाका यी ठाउँमा विद्युत् आपूर्ति बन्द हुने

समाचार

काठमाडौं । आज शनिबार) उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने नेपाल प्राधिकरणले जनाएको छ । प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ ।

शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार