प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

ब्यानर

purn g

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टिनमा बसेका छन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार उनको भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिवार कोभिड १९ संक्रमण देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार प्रधानसेनापति थापा स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै होम क्वारेन्टिनमा बसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार