उपत्यकामा थपिए ८ सय ९ कारोना संक्रमित

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । आइतबार उपत्यकामा ८ सय ९ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । आज उपत्यकाको काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

देशभर आज एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १० हजार एक सय २३ को पीसीआर गर्दा एक हजार पाँच सय ७३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको छ । जसमध्ये अहिले देशभर १९ हजार नौ सय १९ सक्रिय संक्रमित छन् ।त्यस्तै, गत पछिल्लो २४ घण्टामा आठ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा बसेका छन् । आइतबार १० संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या४ सय ७७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार