आजको मौसम पूर्वानुमानःयी स्थानमामा मौसम बदली हुने

समाचार

mausam sudhar 7 7ii1gBpbzI

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ।

यसैगरी, हाल देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । यस्तै, आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

भने, राति प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार