माइक्रोको ठक्करबाट सांसद रसाइली घाइते

राजनीति

rasilesamsad

काठमाडौं । माइक्रोबसको ठक्करले नेपाली कांग्रेस सांसद प्रकाश रसाइली घाइते भएका छन्। उनको थापाथलीस्थित नर्भिक अस्पतामाल उपचार भइरहेको छ। सोमबार बिहान काठमाडौंको टेकुमा सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोले ठक्कर दिएको हो।

सांसद रसाइलीको दायाँ हातमा गम्भीर चोट लागेको र खुट्टामा पनि घाउ भएको जिल्लाबासी लोकराज अवस्थीले जानकारी दिएका छन्। बझाङ घर भएका सांसद रसाइली सिन्धुपाल्चोकको पार्टी कार्यक्रममा जान लागेको बेला दुर्घटनामा परेका हुन् । सीटीस्क्यानको रिपोर्टपछि मात्रै थाहा हुने अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार