यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

mausam

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ ।

यसका साथै, हाल देशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

यस्तै, राती प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार