कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

समाचार

accident logo 7sWbIbmUWw

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका(५ खल्ला खोलामा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ ।सहचालक सुर्खेत निवासी दीपक गाँगी घाइते भएको जनाइएको छ । प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार