तस्करी हुँदै गरेको केराउ बरामद

समाचार

kerau

काठमाडौं। प्रदेश २ प्रहरीले नेपालबाट भारततर्फ तस्करीका लागि तयारी अवस्थामा राखेको ठूलो परिणामको हरियो केराउ बरामद गरेको छ । भारतसँग सिमाना जोडिएको पर्सा वीरगन्जको सीमावर्ती इनर्वा गाउँबाट ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरीको टोलीले बरामद गरेको हो ।

प्रदेश २ प्रहरी कार्याललले विशेष सूचनाका आधारमा प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रालिले भारततर्फ तस्करीका तयारी अवस्थामा राखेको ६५ सय बोरामा ३०० क्विन्टल हरियो केराउ बुधबार नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार