२४ घण्टामा थपिए १ हजार ९११ कोरोना संक्रमित

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ७९ हजार नाघेको छ । आजसम्म ७९ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ९ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार