काठमाडौमा८ सय १७ सहित उपत्यकामा थपिए ९ सय ४३ संक्रमित

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ९ सय ४३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९ हजार ४३ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ८ सय १७ जना संक्रमित थपिएका छन् । ललितपुरमा ६९ र भक्तपुरमा ५८ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

आज देशभर १२ हजार ४ सय ४४ जनाको परीक्षण गर्दा १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट ९ सय ६१ जना डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार