अपाङ्गता भएका महिलाको संरक्षण हुनेगरी नीति बनाउन मन्त्रालयलाई निर्देशन

समाचार

mahila samiti

काठमाडौ । संसदीय समितिले फरक रूपले सबल अपाङ्गता भएका महिलाको संरक्षण हुनेगरी कोभिड( १९ प्रतिकार्य कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोभिडले अपाङ्गता भएका महिलाको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको हो ।

संसदको महिला तथा सामाजिक समितिले फरक रूपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरूदेवी पालले बताइन् ।

तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाको बृहत्तर हित प्रवर्द्धन र संरक्षण हुनेगरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो । विस २०६८ को जनगणना अनुसार १.९४ प्रतिशत अपङ्गता भएका व्यक्तिहरू रहेकोमा कोभिडका कारण त्यो समूहभित्र पर्ने महिला बढी प्रभावित भएको समितिको ठहर छ ।

समितिले कोभिडले महिलाको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि समितिले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार