काठमाडौंमा १२ सय ८० सहित उपत्यकामा थपिए १६ सय ३८ संक्रमित

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६ हजार ३८ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा १२ सय ८० जना संक्रमित थपिएका छन् । ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

आज देशभर १४ हजार ७ सय ३९ जनाको परीक्षण गर्दा २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८२ हजार ४ सय ५० जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ६० हजार ६ हजार ९६ संक्रमित निको भएका छन् भने २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार