प्रदेश –५ को राजधानी सर्ने, काँग्रेसले गर्यो आन्दोलनको घोषणा (यस्तो छ काँग्रेसको विज्ञप्ति)

समाचार

pradesh 5

बुटवल ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति अनाएको छ । नेपाली काँग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ। यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को अस्थायी राजधानी तोकिएको उल्लेख गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको सभापति रज्जाकले बताए ।

nc bigyapti

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार