हालेप फ्रेन्च ओपनको अन्तिम १६ मा

खेलकूद

1601645023halep

एजेन्सी । शीर्ष वरियताकी सिमोना हालेप फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन् । पेरिसमा शुक्रबार भएको तेस्रो चरणको खेलमा अमेरिकी अमान्डा अनिसिमोभालाई हराएर हालेपले चौंथो चरणमा स्थान बनाएकी हुन् ।

रोमानियाकी हालेपले अमान्डामाथि ६–० र ६–१ को सेटमा पराजित गरिन् । २५ वौं वरियताकी अमान्डामाथि जित निकाल्न हालेपले मात्र ५४ मिनेटको समय निकालिन । अब हालेपले अन्तिम १६ मा पोल्याण्डकी इगा स्विटेकसँग खेल्ने छिन् ।

युक्रेनी खेलाडी एलिना स्विटोलिनाले पनि अन्तिम १६ मा स्थान बनाएकी छिन् । उनले रुसकी एकाटेरिनालाई ६–४ र ७–५ ले पराजित गरिन् ।

पुरुषतर्फ युएस ओपन च्याम्पियन डोमिनिक थिएमले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । अष्ट्रियाका थिएमले नर्वेका कास्पर रुडलाई ६–४,६–३ र ६–१ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार