नेकपा सचिवालय बैठक स्थगित

समाचार

Nekapa Baithak

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आज साँझ ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

शुक्रबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको भेटपछि आज सचिवालय बैठक बस्ने भनिएको थियो । दुई अध्यक्षको भेटपछि शनिबार ४ बजे बैठक बस्ने प्रचण्ड सचिवालयबाट समाचार बाहिरियो । तर, शुक्रबार साँझ नै सचिवालयका सदस्यले बैठकबारे अनभिज्ञता प्रकट गरिरहेका थिए ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा जुगलका अनुसार शुक्रबार नेकपाको सचिवालय बैठक ४ बजे बस्ने समाचार बाहिरिएको थियो । तर, अर्का अध्यक्ष ओलीको सचिवालयले भने बैठकबारे अनभिज्ञता प्रकट गरिरहेको छ ।

नेकपा स्रोतका अनुसार सचिवालय सदस्यलाई बैठकबारे कुनै खबर गरिएको थिए । १५ असोजको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव शंकरदास वैरागी, बेलायतको राजदूतमा लोकदर्शन रेग्मी र अमेरिकाको राजदूतमा युवराज खतिवडालाई सिफारिस गर्ने निर्णयले नेकपामा थप तनाव बढाएको छ ।

राजनीतिक नियुक्तिमा पार्टीमा छलफलपछि मात्रै गर्ने पूर्वसहमति विपरीत ओलीले मन्त्रिपरिषद्बाट निर्णय लिएपछि अर्का अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल असन्तुष्ट छन् ।

सोही असन्तुष्टि जनाउन १६ असोज विहानै प्रचण्ड बालुवाटार पुगेका थिए । त्यही भेटमा १७ असोजमा सचिवालय बैठक बस्ने निर्णय भएको खबर बाहिरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार