केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

समाचार

dr kcandolan

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनशन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनशनको २० दिन पुग्दासमेत सरकारले केसीका माग पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागी युवाले बताएका छन् ।

२९ भदौबाट जुम्लाबाट अनशन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । प्रदर्शनमा सहभागि युवाले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन् । केसीको स्वासप्रस्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पूरा गरी केसीको जीवनरक्षा गर्न माग गरिएको हो ।

केसीको उपचारमा संलग्न चिकित्सकले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयुमा उपचार गर्नुपर्ने बताए पनि केसीले मानेका छैनन् । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरुको आरोप छ ।

माइतीघर मण्डलामा युवाले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारासमेत लगाएका थिए । केसीले ६ बुँदे मागअघि सार्दै जुम्लाबाट अनसन सुरु गरेका हुन् । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार