न्यायधीशलाई कोरोना संक्रमणपछि सर्वोच्च अदालत प्रभावित

समाचार

काठमाडौं । सर्वोच्चका केही न्यायाधीशहरु होम क्वारेन्टिन–सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि न्यायाधीशहरु होम आइसोलेशनमा बसेका हुन् ।

सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेशनमा बसेको जनाएको छ ।
न्यायाधीशहरु होम आइसोलेशनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ ।

हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार