सुनको मूल्यमा आज सामान्य वृद्धि कतिमा हुँदै छ कारोवार ?

अर्थ/बाणिज्य

gold

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ३ सयमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने दुई सयले बढेर ९४ हजार ५ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनमा पनि प्रतितोला दुई सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको तेजावी सुन आज ९४ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीमा प्रतितोला पाँच सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार १ सय ७५ रहेको चाँदी आज भने एक हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार