प्रदेशसभा सदस्य सिलवाललाई कोरोना संक्रमण

समाचार

Silwal

काठमाडौं । नेकपा केन्द्रीय सदस्य एवं प्रदेश ३ को प्रदेशसभा सदस्य नारायण सिलवालालाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘असोज १३ गते रातिदेखि शरीरमा केही असहजता सृजना भएको थियो । १४ गतेदेखि ज्वरो देखा प¥यो । त्यसपछि घरमै बसेको थिएँ । १६ गते परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । म घरमै अलग्गै बसेको छु । मेरो अवस्था सामान्य छ । कुनै लक्षण पनि छैन ।’

शनिबार प्रधानमन्त्रीका सचिवालय सदस्य र कांग्रेसका नेतामा पनि कोरोना संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार